बैशाख २२, २०८१, शनिबार
               

कंगोको एक निकुञ्जमा भएको आक्रमणमा ६ जना रेन्जर मारिए

एजेन्सी
पुस २८, २०७७

ADVERTISEMENT

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वमा पर्ने प्रसिद्ध भिरुंगा राष्ट्रिय निकुञ्जमा ६ जना वन निकुञ्ज अधिकारी अर्थात् ‘रेन्जर’ एक आक्रमणमा मारिएका छन् ।

सरकारी अधिकारीहरूले सो क्षेत्रमा सक्रिय थुप्रै छापामार समूहमध्ये एक ‘माई माई’ नामक समूहलाई यस घटनाका लागि जिम्मेवार ठहर्‍याएका छन् । 

निकुञ्जभित्रै पैदल गस्तीमा रहेको समय ती रेन्जरहरूलाई एम्बुसमा पारिएको निकुञ्जका प्रवक्ताले बीबीसीलाई जानकारी दिलाएका छन् । लोपोन्मुख पहाडी गोरिल्लाका समेत बासस्थान मानिने यस निकुञ्जका कर्मचारीहरूमाथि बारम्बार यसरी आक्रमण गरिने गरेको छ । यस्तै, अर्को लडाकु आक्रमणमा गतवर्षको अप्रिलमा १३ जना रेन्जर मारिएका थिए ।

कंगोको त्यस भिरुंगा निकुन्ज युनेस्कोको विश्व सम्पदा सूचीभित्र पर्दछ । आइतबार बिहान भएको अचानक हमलामा रेन्जरहरूले प्रतिकार गर्ने मौका नै नपाएको बताइएको छ । सोही हमलामा सख्त घाइते भएका अर्का एक रेन्जरको अहिले अस्पतालमा उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि