बैशाख २२, २०८१, शनिबार
               

जापानमा अर्को देखियो कोरोना भाइरसको नयाँ स्ट्रेन

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

टोक्यो । बेलायत र दक्षिण अफ्रिकापछि जापानमा पनि कोरोना भाइरसको एक नयाँ ‘म्युटेन्ट स्टे«न’ देखिएको छ । चीनको वुहान शहरबाट निस्केको कोरोना भाइरस आफ्नो नयाँ–नयाँ रूप धारण गर्दै बढी संक्रामक बन्दै गइरहेको छ ।
जापानमा भेटिएको कोरोना भाइरसको नयाँ स्ट्रेन बेलायतमा प्राप्त स्ट्रेन जस्तै धरै नै संक्रामक हुन सक्ने विशेषज्ञले चेतावनी दिएका छन् । कोरोना भाइरसको यो नयाँ स्ट्रेन यसअघि देखिएको थिएन र ब्राजिलबाट फर्केका ४ जनामा यो भेटिएको हो ।
‘निक्केई एसिया’का अनुसार ती संक्रमित यात्री जनवरी २ मा ब्राजिलबाट जापानको हनेदा विमानस्थलमा झरेका थिए । तिनीहरूमा महिला र पुरुष दुवै समावेश छन् । ती सबैको विमानस्थलमै परीक्षण गरिएको थियो र पोजेटिभ आएको हो । कोरोना भाइरसको नया“ स्ट्रेन भेटिएकामध्ये तीनजनामा स्वास लिनमा कठिनाइ, ज्वरो र घाँटीमा समस्या देखिएको हो ।
ब्लुमबर्गको रिपोर्टमा करिब ४० वर्षका एक व्यक्तिमा जापान फर्कंदासम्म कुनै लक्षण नदेखिएको तर, पछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । पीडित व्यक्तिलाई स्वास लिनमा समस्या भइरहेको बताइएको छ । ती सबैको स्वास्थ्य परीक्षण गरिएको र कारोना भाइरसको एक नयाँ स्ट्रेन पत्ता लागेको हो । जापानको स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनलाई कोरोनाको उक्त नयाँ स्ट्रेनका बारेमा जानकारी दिएको हो ।
अहिलेसम्म उपलब्ध सूचनाअनुसार जापानमा प्राप्त कोरोनाको यो नयाँ स्वरूप अहिले विकसित हुने क्रममा रहेकोले अहिले नै यो कति संक्रामक हो भन्ने थाहा हुन बाँकि छ । अहिलेसम्म विश्वभरि प्रयोग भइरहेका कोरोना खोप नया“ स्ट्रेनविरुद्ध प्रभावकारी हुन्छ वा हु“दैन भन्ने पनि थाहा हुन सकेको छैन । जापानमा हालैका दिनमा प्रतिदिन सात हजार भन्दा धेरै संक्रमित देखिएका छन् । जापानमा अहिलेसम्म ३ हजार ९ सयको मृत्यु भइसकेको छ ।
जापानमा तीव्रता लिइरहेको कोरोना भाइरस संक्रमण रोक्न सरकारले आपतकालीन स्थितिको घोषणा गरेको छ । आपतकालीन घोषणा हुनु एक दिनअघि जनजीवन सामान्य रह्यो र रेलमा मास्क लगाउनेहरूको भिड देखिएको थियो । प्रधानमन्त्री योशिहिदे सुगाले रेस्टुरेन्टमा काम गर्ने समयमा कटौती गर्न र कामदारलाई घरबाट काम गर्न अपिल गरेका छन् । सुगाले भने, हामी यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिइरहेका छौँ । जनताको सहयोगबाट हामी जुनसुकै मूल्यमा पनि यो कठिन स्थितिबाट बाहिर आउनेछौँ ।


कस्तो लाग्यो ?

यो पनि