जेठ ०६, २०८१, आइतबार
               

बेइजिङमा मात्रै १० लाखलाई कोरोनाको खोप

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

चीनको राजधानी बेइजिङ्मा मात्रै १० लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । 

उनीहरू सबैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ । 

आयोगका उप निर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ ।

कोरोना विरुद्धको खोप लगाउदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ । 

स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो ।

फेब्रुअरी १२ मा चिनियाँहरूको महत्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरूको तयारी छ । 


कस्तो लाग्यो ?

यो पनि