जेठ ०६, २०८१, आइतबार
               

अदालतद्वारा ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्याको अभियोग लागेको छ ।

इरानले मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध यसअघि नै  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पक्राउ पुर्जीको माग गरेको थियो ।

सन् २०२० को जनवरी ३ मा इराकको बग्दादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि