जेठ ०३, २०८१, बिहीबार
               

अमेरिकामा अस्पतालभित्र पनि चल्यो गोली

एजेन्सी
पुस २४, २०७७

ADVERTISEMENT

अमेरिकाको न्युर्योकस्थित एक अस्पतालभित्र गोली चलेको छ ।

न्युर्योकको म्यानहट्टनमा रहेको एक अस्पतालभित्र गोली चलेको न्युर्योक पोस्टले उल्लेख गरेको छ ।

गोली चलाएपछि केही घण्टासम्म बाथरुममा लुकेर बसेका ती बन्दुकधारीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

६५ वर्षका यी व्यक्तिले बिहीबार राति पौने नौ बजेतिरको समयमा इस्ट ६७ स्ट्रिटस्थित मोमोरियल स्लोआन केटरिङ अस्पतालको अर्जेट केयरमा गोली चलाएको अधिकारीहरुले बताएका छन् । 

अधिकारीहरुका अनुसार उनले ५/६ पटक फायर गरेका थिए ।  

घटनापछि मध्यरातअघि नै उनलाई हिरासतमा लिइएको र छानविन चलिरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार  यस घटनामा कोही घाइते भएको विवरण भने प्राप्त भएको छैन ।

यसअघि बुधबार वासिङटन डिसीस्थित केपिटोल हिलमा रहेको संसद् भवनमै गोली चलेको थियो । उक्त घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

भवन घेर्न गएका राष्ट्रपति ट्रम्पका समर्थकहरुले संसद् चलिरहेका बेला हलभित्र छिरेर  हुलदंगा मच्चाएका थिए । 

जसकारण, निर्वाचन मत परिणाम प्रमाणिकरण गर्ने कार्य केही घण्टा रोकिएको थियो ।

पछि प्रदर्शन साम्य भएपछि फेरि बसेको संसद् बैठकल गत नोभेम्बरको निर्वाचन परिणाम सदर गर्दै जो बाइडेनलाई आगामी कार्यकालका लागि राष्ट्रपति चयन गरेको छ । 

जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति बाइडेनले पदको सपथ लिनेछन् ।


कस्तो लाग्यो ?

यो पनि