जेठ ०५, २०८१, शनिबार
               

कोरोनाको कारण टोकियोमा आपतकाल घोषणा

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलँदै गएपछि जापानको राजधानी टोकियो शहरमा आजबाट आपतकाल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण थप नफैलियोस भनेर एक महिनाका लागि आपतकाल घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सुगाले कोरोना संक्रमण उच्च भएपछि त्यसलाई रोक्न आपतकाल लगाइएको जानकारी दिए । उनले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गरेका छन् ।

अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि सुगाले आग्रह गरेको समाचारमा जनायएको छ । जानकारी अनुसार आजदेखि एक महिनासम्म रेस्टुरेन्ट र बारमा साँझ ७ बजेपछि जाँड रक्सी बिक्री वितरण गर्न पाइने छैन । यस्ता पसल तथा व्यवसाय रातिको समयमा खोल्न रोक लगाइएको छ । 

यो पनि