जेठ ०५, २०८१, शनिबार
               

टोकियोमा एक महिना लामो सङ्कटकाल घोषणा

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । 

जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए । 

अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् । 

“सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने । 

सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्‍याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।  

जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन । देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् ।   
 


कस्तो लाग्यो ?

यो पनि