जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

एजेन्सी
पुस २३, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड-१९) को प्रभाव अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन यहाँ ३,८६५ जनाको मृत्यु भएको छ । त्यस्तै,  संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी छ । महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले ज्यान गुमाएको यो पहिलोपटक हो । 

अमेरिकामा २ करोड १८ लाखभन्दा धेरै जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ । यसमध्ये १ करोड ३० लाखभन्दा धेरै जनसंख्या संक्रमणमुक्त भइसकेको छ । ३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् ।

वल्र्डोमिटरका अनुसार अझै पनि ८४ हजारभन्दा धेरै मानिस संक्रमित छन् ।

अमेरिकाको छिमेकी मेक्सिकोमा पनि संक्रमितहरुको संख्या बढ्दैछ । पछिल्ला २४ घण्टामा यहाँ १३ हजार ३ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि