जेठ ०५, २०८१, शनिबार
               

रुसमा १० लाख बढीलाई दिइयो कोरोना विरुद्धको खोप

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

एजेन्सी । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप ‘स्पुतनिक भी’ खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप ‘स्पुतनिक भी’ ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए ।

रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ । रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् ।

कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ ।कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपङ्क्तिमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि