जेठ ०५, २०८१, शनिबार
               

नयाँ कोरोनाको खोपबारे वैज्ञानिकको चिन्ता

एजेन्सी
पुस २५, २०७७

ADVERTISEMENT

केही समययता बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिविरुद्ध अहिलेको खोपले काम गर्न सक्छ कि सक्दैन भनेर वैज्ञानिकहरूले चासो व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकाबाट सुरू भएको कोरोना भाइरसको नयाँ प्रजाति केही सातायता बेलायतलगायत अन्य मुलुकमा तीव्र गतिले फैलिरहेको छ । बेलायतमा त पछिल्लो समय कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा निकै छ ।

नयाँ प्रजातिको भाइरस पुरानोभन्दा तीव्र गतिले फैलिने भएकाले यसको संक्रमण दर उच्च भएको वैज्ञानिकहरूले बताएका छन् ।

'दुवै खालका कोरोना भाइरसमा धेरै विशेषता समान भए पनि नयाँ भाइरसको फैलिने दर पहिलेभन्दा बढी छ,' रिडिङ विश्वविद्यालयका सहायक प्राध्यापक सिमोन क्लार्कलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, 'नयाँ प्रजातिको भाइरस मानव शरीरमा प्रवेश गरेपछि तीव्र गतिमा फैलिँदै जान्छ ।'उनका अनुसार अहिले प्रयोगमा ल्याइएको खोपले मानव शरीरमा जुन खालको रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ, त्यसले यो नयाँ प्रजातिको कोरोनासँग लड्न सक्छ कि सक्दैन भन्ने यकिन गर्न सकिएको छैन ।

बायोएनटेकका प्रमुख कार्यकारी उगुर सहिन तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जोन बेलले भने यसबारे थप परीक्षण भइरहेको र छ साताभित्र खोपमा आवश्यक सुधार ल्याउन सकिने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि