जेठ ०२, २०८१, बुधबार
               

बाइडेनको डेमाेक्रेटिक पार्टी  सिनेटमा पनि बहुमत

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडाैं । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मङ्गलबार भएको चुनावमध्ये दुबै ठाउँमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ । दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ ।

मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन् ।

जर्जियाको कानुनमा सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने व्यवस्था छ ।

अब सिनेटमा दुबै पक्षको ५०-५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने छिन् ।

कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन् ।


कस्तो लाग्यो ?

यो पनि