जेठ ०६, २०८१, आइतबार
               

बेलायत प्रवेश गर्दा कोरोना नेगेटिभ अनिवार्य हुनुपर्ने

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

बेलायतमा हरेक ५० जनामध्ये एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।  कोरोना संक्रमण तीव्र भएपछि फेरि लकडाउन गरिएको बेलायतमा प्रतिबन्धमा पनि कडाइ गरिएको छ । 

प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो देशबाट बेलायत प्रवेश गर्ने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको बताएका छन् ।

सन् २०२० को अन्तिम दुई हप्तामा बेलायतमा संक्रमण ७० प्रतिशतसम्म बढोत्तरी भएको प्रमुख मेडिकल अधिकृत क्रिस वेट्टीको भनाइ छ। उनका अनुसार कोरोना भाइरसको नयाँ प्रकार पनि बेलायतका सबै ठाउँमा फैलिइसकेको छ । 

यस्तै, जर्मनीमा पनि लकडाउनको समय बढाइएको छ । चान्सलर एंगेला मर्केलले अब यो महिनाको अन्तिमसम्मै लकडाउन लागू रहने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ। लकडाउनका बाबजुद संक्रमण न्यूनीकरण हुन नसकेपछि थप कडा र नयाँ खालको प्रतिबन्ध लगाउन खोजिएको चान्सलर मर्केलको भनाइ छ।  उनले नागकिरलाई सकभर दोस्रो व्यक्तिको सम्पर्कमा नआउन अपिल गरेका छन्। 

यसैबीच, विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना महामारीको अनुसन्धानका लागि चीनले देखाएको व्यवहारप्रति गुनासो गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लुएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रिसियसले चीनले कोरोना महामारीको सुरुवात कहाँबाट र कसरी भएको थियो भन्ने अनुसन्धानका लागि विशेषज्ञको टोलीलाई अहिलेसम्म देशमा प्रवेशको अनुमति नदिएको बताए। 

एक वर्षअघि कोरोना संक्रमणको सुरुवात कसरी भएको थियो भन्ने पत्ता लगाउन यसै महिनाको सुरुवातमा विशेषज्ञको टोली चीनको उहान जाने तयारीमा थियो । आफू चिनियाँ बरिष्ठ अधिकारीहरुको नियमित सम्पर्कमा रहेपनि उनीहरुले यस विषयमा चासो नदिएको घेब्रिसियसको गुनासो छ । 


कस्तो लाग्यो ?

यो पनि