जेठ ०६, २०८१, आइतबार
               

साउदीले हटायो कतारमाथिको नाकाबन्दी

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

दोहा । साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ ।

साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए ।

कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग  नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।

कतारले भने बारम्बार ती आरोपहरूलाई अस्वीकार गरिरहेको थियो र अझै पनि गरिरहेको छ । नाकाबन्दी अन्त्य भएसंगै कतारका अमीर शेख तामीम बिन हमाद अल थानीले आज  साउदीमा हुने ४१औँ खाडी सहयोग परिषद (जीसीसी) शिखर सम्मेलनमा भाग लिने छन् ।


कस्तो लाग्यो ?

यो पनि