जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री जोनसनले गरे देशव्यापी लकडाउनको घोषणा

एजेन्सी
पुस २१, २०७७

ADVERTISEMENT

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । 

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री जोनसनले देशव्यापी लकडाउनको घोषणा गरेका हुन् । 

उनले यो घोषणा सँगै सबै नागरिकलाई घरमै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज र युनिभर्सिटी अब रिमोट स्टडी माध्यमबाट चल्नेछन् । 

लकडाउन घोषणासँगै अब मानिसहरु अत्यावश्यक कामका लागि मात्रै मानिसहरु बाहिर निस्कन सक्नेछन् । 

यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने अनुमान गरिएको छ । 

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘जसरी संक्रमितको संख्या बढिरहेको छ, यसले यो स्पष्ट पारेको छ कि हामीले थप मिहिनेत गर्न आवश्यक छ । त्यसैले हामीले देशव्यापी लकडाउन लागू गर्नुपर्छ । ’

यद्यपि, उनले मानिसहरु अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन सक्ने बताएका छन् । यसमा आवश्यक सामान खरिद गर्न, यदि घरबाट काम हुन सकिरहेको छैन भने अफिस जान, व्यायाम, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्नका लागि बाहिर मानिसहरु बाहिर निस्कन सक्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि