जेठ ०५, २०८१, शनिबार
               

‘कोरोना भाइरसभन्दा घातक भाइरसको चपेटामा विश्व फस्न सक्छ’ : डब्ल्युएचओ

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार कोरोना भाइरसको महामारी सबैभन्दा भयानक होइन र योभन्दा धेरै घातक भाइरसले विश्वलाई चपेटामा पार्न सक्छ । 

डब्ल्युएचओको आपतकालीन परियोजना प्रमुख डाक्टर माइक रायनले यो महामारीले विश्वलाई निन्द्राबाट जगाउने काम गरेको बताए । कोरोना भाइरसले विश्वभरि १८ लाखभन्दा धेरैको ज्यान लिएको छ । यसअघि, स्पेनिस फ्लुलाई भीषण विश्व महामारी मानिएको थियो जसमा एक वर्षभित्र ५ करोडको मृत्यु भएको थियो ।

सञ्चार माध्यमसँगको कुराकानीमा डाक्टर रायनले यो महामारी अत्यन्तै गम्भीर र विश्वको हरेक कुनामा यसको असर रहेको तर यो नै सबैभन्दा ठूलो हुनपर्छ भन्ने नरहेको बताए ।

उनले भने, ‘यो ब्युझिने समय हो । अब विज्ञान, लजिस्टिक्स, तालिम र प्रशासनमा कसरी उन्नति गर्न सकिन्छ, कसरी सञ्चार राम्रो पार्न सकिन्छ, हामी सिक्दै छौंं, तर हाम्रो ग्रह नाजुक छ । हामी एक जटिल वैश्विक समाजमा बस्छौं र यसमा खतरा भइरहन्छ । हामीले त्रासदीबाट मिलेर कसरी काम गर्न सक्छ भन्ने कुरा सिक्नुपर्छ । हामी राम्रो काम गरी त्यसलाई सम्मान दिनुपर्छ जुन हामीले गुमाइसकेका छौं, उनले थपे ।

अमेरिका र युरोपमा खोप आइसकेको छ तर भाइरस हाम्रो जिन्दगीको हिस्सा भइरहने सम्भावना धेरै भएको रायनले बताए । यो एक खतरनाक भाइरसका रूपमा रहने तर यसको खतरा कम हुँदै जाने पनि उनले बताए । खोपको प्रयोगबाट यसलाई कुन हदसम्म मेटाउन सकिन्छ त्यो हेर्नुपर्नेछ ।

खोप अत्यन्तै प्रभावकारी भए पनि पूर्णरूपमा भाइरस र यसबाट हुने रोग यसले समाप्त पार्छ भन्ने ग्यारेन्टी नभएको उनले बताए । त्यसैले, सबैभन्दा पहिला त्यस्ता व्यक्तिहरूलाई खोप दिइएको छ जसलाई यसको खतरा धरै छ ।


कस्तो लाग्यो ?

यो पनि