जेठ ०५, २०८१, शनिबार
               

भारतमा कोरोनाविरुद्धको दुई खोपले पायो अनुमति

एजेन्सी
पुस १९, २०७७

ADVERTISEMENT

भारतमा दुईवटा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) ले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

डिसिजिआईका अनुसार बायोटेक कोभ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी छ । अक्सफोर्डको खोप भने ६२ देखि ९० प्रतिशत प्रभावकारी देखिएको विभिन्न अनुसन्धानले जनाएका छन् ।

डिसिजिआईले दुईवटा खोपलाई स्वीकृति दिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै भारतलाई कोरोनामुक्त गर्न यी खोपले सहयोग पुर्याउने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि