जेठ ०५, २०८१, शनिबार
               

नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण हुँदा ७९ जनाको मृत्यु

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

एजेन्सी । नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा परी कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।

मालीको सीमानजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा अन्य १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ ।

सोही क्षेत्रको जाराउम्डारेमा भएको हमलामा ३० जनाको मृत्यु भएको छ । जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ ।

घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि