जेठ ०५, २०८१, शनिबार
               

सन् २०२० मा कम उडे पनि विमान दुर्घटनामा धेरैको मृत्यु

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको महामारीका कारण विमानको व्यवसायिक उडान अवरुद्ध भए पनि सन् २०२० मा यात्रु विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या बढेको देखिएको छ ।

उड्डयनसम्बन्धी डच कन्सलटेन्सी टू७० का अनुसार गत वर्ष (२०२०) मा यात्रु विमान दुर्घटना हुँदा २९९ जनाको ज्यान गएको छ । त्यसअघिको वर्ष (सन् २०१९) मा व्यवसायिक विमान दुर्घटना हुँदा २५७ जनाको ज्यान गएको थियो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि वर्षको केही महिना उडान बन्द गरिएका थिए । त्यसका बाबजुद धेरैको मृत्यु भएको हो ।

अघिल्लो वर्षको तुलनामा वर्ष २०२० मा व्यवसायिक उडानमा ४२ प्रतिशतले गिरावट आएको फ्लाइटराडार २४ ले जनाएको छ ।

टू७० ले जारी गरेको वक्तव्यमा ठूलो यात्रु विमान दुर्घटना हुँदा ज्यान गुमाउने तथा अवरोध एवम् आक्रमणबाट खसालिएका यात्रु विमानमा सवारको मृत्युको संख्या पनि सामेल गरिएको उल्लेख छ ।

गतवर्ष युक्रेनको अन्तर्राष्ट्रिय फ्लाइटको विमान इरानी सुरक्षा बलले जनवरीमा खसालेको थियो । त्यसमा रहेका सबै १७६ जनाको ज्यान गएको थियो । यस्तै गएको मे मा कराँचीमा पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्सको विमान दुर्घटना हुँदा ९८ जनाको ज्यान गएको थियो ।

सन् २०१८ को तुलनामा दुर्घटनाको संख्यामा भने कमी आएको छ । सन् २०१९ मा ८६ विमान दुर्घटना भए पनि २०२० मा दुर्घटनाको संख्या ४० मा सीमित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि