जेठ ०५, २०८१, शनिबार
               

यसअघि नै देखा परिसकेका कोरोना भाइरसभन्दा खतरनाक भाइरसहरु

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् ।

हाल १८ लाखभन्दा बढी मृत्यु भइसकेको  कोरोना भाइरसभनदा खतरनाक भाइरसहरु यस अघि नै देखा परिसकेका छन् । जुन रोगहरुबारे यहाँ चर्चा गरिएको छ । 

विश्वका खतरनाक महामारी 

१. प्लेग अफ जस्टिनियन 

सन् ५४१ देखि ५४२ सम्म यो रोग फैलिएको थियो । रोमका सम्राट जस्टिनियनका नामबाट ‘प्लेग अफ जस्टिनियन’ महामारीको नामाकरण गरियो । यो कसरी सुरु भयो भन्नेबारे अझै ठूलो विवाद छ । यस रोगका कारण तत्कालीन समय ३ देखि ५ करोड जनसंख्याको मृत्यु भयो । कमजोर भइसकेको रोमान साम्राज्यलाई चाडैं पतन गराउन यो महामारी सहायकसिद्ध भएको बताइन्छ । 

३. ब्ल्याक डेथ 
यसलाई बुबोनिक प्लेग पनि भनिन्छ । १३४७ देखि १३५१ सम्म यो महामारी विश्वभर फैलिएको थियो । सबैभन्दा ठूलो विध्वंश युरोपमा देखियो । मुसाबाट सुरु भएको यो महामारीका कारण तत्कालीन समय युरोपको ३० देखि ५० प्रतिशत जनसंख्याको ज्यान गयो । ५ वर्षको अवधिमा २० करोड मानिसहरुले ज्यान गुमाए । यस रोगका कारण थलिएको युरोपको सभ्यतालाई फेरि उठ्न २ सय वर्षभन्दा लामो समय लाग्यो । 
 

३. स्मलपोक्स 
१५२० मा युरोपमा यो रोग सुरु भयो । त्यसपछि नयाँ विश्व भनेर चिनिएको अमेरिकामा फैलियो । यही रोगका कारण ९० प्रतिशत आदिवासी अमेरिकीहरुको ज्यान गएको अनुमान गरिन्छ । विश्वभर ५ करोड ६० लाखभन्दा धेरै मानिस मारिए । पहिलोपटक यही रोगको उपचार गर्नेक्रममा भ्याक्सिन आविस्कार भयो ।  

४. थर्ड प्लेग 
१८५५ देखि १९६० सम्म यो महामारी फैलियो । चीनको युनानबाट सुरु भएको यो बुबोनिक प्लेग मानिसको बसोबास रहेका सबै महादेशमा फैलियो । यसले १ करोड २० लाखभन्दा धेरै जनसंख्याको ज्यान लिएको थियो । यस प्लेगको सबैभन्दा ठूलो प्रभाव एशियाली देशमा परेको थियो । 

५‍. स्पेनिस फ्लु 
१९१८ देखि १९१९ सम्म यो रोग विश्वभर फैलियो । एकै वर्षमा यसले ५ करोड मानिसहरुको ज्यान लियो । ५० करोड मानिस यसबाट संक्रमित भएका थिए । 

 


कस्तो लाग्यो ?

यो पनि