जेठ ०५, २०८१, शनिबार
               

पहिरोमा परी एकको मृत्यु, नौ जना बेपत्ता

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरूले जनाएका छन् ।

पहिरोका कारण मानवीय क्षतिसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ ।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरुले बताएका छन् । नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि