कात्तिक २९, २०८१, बिहीबार
               

फाइजर बन्यो डब्ल्यूएचओबाट मान्यता पाउने पहिलो कोरोनाविरुद्धको खोप

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

सन् २०२० को अन्तिम दिन कोरोना भाइरसविरुद्धको खोपले अनुमति पाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि बिहीबार कोरोना खोपको सूची तयार गरेको हो । 

फाइजर/बायोएनटेकले बनाएकाे खाेप आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप बनेको छ । 

डब्ल्यूएचओले मान्यता दिएको खोप आयात गर्न र प्रयोग गर्न अब अन्य मुलुकका लागि पनि ढोका खुलेको छ । 

यसअघि केही विकसित मुलुकले मात्र यो खोप प्रयोग गर्न थालेका थिए । यद्यपि डब्ल्यूएचओले भने अनुमति दिएको थिएन ।

डब्ल्यूएचओले यूनिसेफ र प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनलाई आवश्यक परेको देशलाई खोप वितरण गर्न अनुमति पनि दिएको छ । 

डब्ल्यूएचओको औषधि तथा स्वास्थ्य उत्पादनका सहायक निर्देशक डा. म्यारेएन्जेला सिमाओले डब्लूएचओ र आबद्ध साझेदार कम्पनीहरू रातदिन खटेर खोपको मूल्यांकनमा लागिपरेको बताएकी छन् । 

उनले भनिन्, ‘अहिले आपतकालीन प्रयोगको खोपलाई संसारभर पुर्‍याएर महामारीलाई कम गर्न सघाउनु छ ।’

डब्ल्यूएचओले संसारभरबाट छानेका विज्ञ टोलीले केही खोपको अध्ययन गरेका थिए । त्यसमध्ये फाइजरले डब्ल्यूएचओले तोकेको मापदण्डको नजिक पुगेको हाे । फाइजरको प्रयोगले कोरोना भाइरसको जोखिमलाई कम गरेको डब्ल्यूएचओको भनाइ छ । 

यो खोप भण्डारणको लागि माइनस ६० देखि माइनस ९० डिग्रीको तापक्रम आवश्यक पर्छ । सबै देशमा यसको भण्डारण गर्ने उपकरण नभएकोले डब्ल्यूएचओले सघाउने पनि जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि