जेठ ०६, २०८१, आइतबार
               

नयाँ स्वरुपको कोरोना फैलिन थालेपछि दिल्लीमा ‘नाइट कर्फ्यू’

एजेन्सी
पुस १६, २०७७

ADVERTISEMENT

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको छ ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू घोषणा गरेको हो ।

साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यू लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि