जेठ ०६, २०८१, आइतबार
               

टर्कीमा सर्वसाधारणलाई चिनियाँ खोप लगाउने तयारी

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

एजेन्सी ।कोरोना भाइरसविरुद्धको  पहिलो चरणको चिनियाँ खोप टर्कीमा पुगेसँगै सर्वसाधारणलाई लगाउने तयारी भएको छ ।चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टर्कीका स्वास्थ्यमन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्विटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि