जेठ ०६, २०८१, आइतबार
               

अत्यावश्यक बाहेक यात्रा नगर्न चिनियाँलाई आह्वान

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनाबश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो ।

नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरू धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसको महामारी फैलिरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरूको भनाइ छ । यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरुको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुनेजस्ता सतर्कता अपनाउन जोड गरिएको छ । मन्त्रालयले पर्यटकहरूलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि