जेठ ०६, २०८१, आइतबार
               

फाइजर खोप लगाएको एक हप्तामै नर्समा देखियो कोरोना

एजेन्सी
पुस १५, २०७७

ADVERTISEMENT

अमेरिकामा फाइजरको खोप प्रयोग गरेका एक पुरुष नर्समा एकहप्तामै कोरोना भाइरसको संक्रमण देखिएको छ ।

क्रिसमसको अघिल्लो दिनदेखि बिरामी परेपछि उनले कोरोना परीक्षण गराएका थिए । परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

खोप लगाएको व्यक्तिमा फेरि कोरोना देखिएको खबर सार्वजनिक भएसँगै मानिसहरु दोधारमा परेका छन् ।

सरुवा रोग विशेषज्ञ क्रिस्टियन र्यामर्सका अनुसार फाइजर खोपको पहिलो डोजले ५० प्रतिशत सुरक्षा प्रदान गर्दछ भने दोस्रो डोजपछि हाम्रो शरीर कोरोनाविरुद्ध ९५ प्रतिशत कोरोना प्रतिरोधी हुन्छ ।

अमेरिकामा यसै महिनादेखि कोरोनाविरद्धको खोप लगाउन सुरुवात गरिएको हो ।

फाइजर–बायोएनटेक तथा मोडेर्नाको खोप भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित सावित भएको बताउँदै अमेरिकामा यी दुई खोपले प्रयोगका लागि अनुमति पाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि