जेठ ०६, २०८१, आइतबार
               

उपराष्ट्रपतिमा निर्वाचित कमलाले लगाइन् कोरोनाविरुद्धको खोप

एजेन्सी
पुस १५, २०७७

ADVERTISEMENT

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन् ।

सिएनएनका अनुसार कमलाले मोडेर्नाले निर्माण गरेको खोपको पहिलो डोज लगाएकी हुन् ।

‘म सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्न चाहन्छु । यो लगाउँदा दुख्दैन । खोप लगाउने काम चाँडै हुन्छ । यो सरक्षित छ’ खोप प्रयोग गरेसँगै कमलाले भनेकी छिन्, ‘म वैज्ञानिकहरुलाई विश्वास गर्दछु । खोप लगाउने पालो अब तपाइँको ।’

मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

अमेरिकामा सबैभन्दा पहिले प्रयोगका लागि अनुमति दिइएको खोप फाइजर र बायोएनटेकले निर्माण गरेको खोप हो । 

यस खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि