जेठ ०६, २०८१, आइतबार
               

विश्वमा कोरोनाबाट ज्यान गुमाउने १७ लाख ९६ हजार नाघे

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वमा कोरोना भाइरस कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ लाख ९६ हजार नाघेको छ । संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ ।

विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार २९८ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा रै संक्रमण फैलिएको अमेरिकामा १ करोड ९९ लाख ७७ हजार ७०४ जनामा संक्रमण फैलिएको छ । संक्रमित ३ लाख ४६ हजार ५७९ जनाको मृत्यु भएको छ । १ करोड १८ लाख ४४ हजार ४७२ जनाले कोरोना जितेका छन् ।

अमेरिकामा अहिले ७७ लाख ८६ हजार ६५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये २९ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

त्यस्तै दोस्रो संक्रमण फैलिएको भारतमा १ करोड २ लाख ४५ हजार ३२६ जनामा संक्रमण भएको छ । १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भएको छ । ९८ लाख ३३ हजार ३३९ जनाले कोरोनालाई जितेका छन् । २ लाख ६३ हजार ५१२ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

संक्रमित मुलुकको ४०औँ स्थानमा रहेको नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । जसमा गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएका हुन ।


 


कस्तो लाग्यो ?

यो पनि