जेठ ०६, २०८१, आइतबार
               

दक्षिण एसिया भित्रियो कोरोनाको नयाँ स्वरुप, भारत र पाकिस्तानमा भेटिए संक्रमित

एजेन्सी
पुस १४, २०७७

ADVERTISEMENT

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको प्रकार (स्वरुप) दक्षिण एसियामा पनि देखा परेको छ ।

मंगलबार भारतमा ६ जनामा र पाकिस्तानमा ३ जनामा कोरोना भाइरसको नयाँ प्रकार देखिएको बिबिसीले जनाएको छ ।

भारत र पाकिस्तान दुवैमा बेलायतबाट हालै फर्किएका व्यक्तिहरुमा नयाँ कोरोनाको संक्रमण देखिएको बताइएको छ ।

गत नोभेम्बर २५ देखि डिसेम्बर २४ सम्ममा बेलायतबाट ३३ हजार यात्रुहरु भारत फर्किएका छन् । त्यसकारण कोरोना भाइरसको नयाँ प्रकार भारतका विभिन्न स्थानमा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

सो अवधिमा भारतमा फर्किनेमध्ये ११४ मा हालसम्म कोरोना देखिएको छ । हाल भारतमा नयाँ कोरोनाबाट संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा भिन्दाभिन्दै राखिएको छ ।

यस्तै पाकिस्तानको सिन्ध प्रान्तको कराँचीमा आज नयाँ कोरोना भाइरसको प्रकार फेला परेको जनाइएको छ ।

हालसम्म नयाँ कोरोना भाइरसको प्रकार २० देशमा देखिएको छ । अधिकाँश युरोपेली देशमा यस प्रकारको भाइरस देखा परेको छ ।

नयाँ प्रकारको भाइरस देखिएपछि भारत, पाकिस्तानसहित विभिन्न देशले बेलायतमा भ्रमण प्रतिबन्धको घोषणा गरेका छन् ।

यस भाइरस पहिलेभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइएको छ । जापानले त नयाँ भाइरसको खतरा मध्यनजर गर्दै सबै देशबाट तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ ।

विज्ञहरु माझ यो भाइरसको विषयलाई विविध मत छ । केहीले यो खतरनाक भनिरहेका छन्, केहीले यो खतरनाक छैन भनिरहेका छन् ।

यद्यपी कोरोनाविरद्धको नियमलाई कडा रुपमा पालना गरिनुपर्नेमा विज्ञहरुको एकमत छ ।


कस्तो लाग्यो ?

यो पनि