जेठ ०१, २०८१, मंगलबार
               

गेम अफ थ्रोन्स बनाउने चिनियाँ कम्पनी मालिकको विष खुवाएर हत्या

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

क्रिसमसमा मृत फेला परेका चीनका गेम टाइकूनलाई विष दिएर हत्या गरेको सा‌ंघाई प्रहरीले पुष्टि गरेको छ । ३९ वर्षीय लिन ची ‘यूजू’ नामक गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओ थिए । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ नामक गेमका लागि चिनिन्थ्यो ।

शंघाई प्रहरीले जारी गरेको विज्ञप्तिमा लिनका एक सहयोगीलाई मुख्य संदिग्ध बताइएको छ । यद्यपि, प्रहरीले ती व्यक्तिको नाम खुलाएको छैन । केवल उनको उपनाम युजू भनेर सम्बोधित गरेको छ ।

हुरुन चाइना रिच लिस्टका अनुसार लिनको कुल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् एक अर्ब डलर रहेको छ । उनको मृत्युबारे गरिएको पोष्टमा हजारौँले कमेन्ट गरेका छन् वीबोमा यसलाई २९ करोड पटक हेरिएको छ ।

गेमअफ थ्रोन्सबाहेक लिनले अन्य कयौँ हिट गेमहरु पनि बनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि