जेठ ०१, २०८१, मंगलबार
               

ट्रम्पका कारण अमेरिकी सुरक्षाका महत्वपूर्ण एजेन्सीहरुमा गम्भीर धक्का : जोए बाइडेन

एजेन्सी
पुस १४, २०७७

ADVERTISEMENT

एजेन्सी । ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण रहेका एजेन्सीहरुमा ‘गम्भीर धक्का’ लागेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बताएका छन् ।

आफ्नो टिमले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेको बाइडेनले बताएका छन् । रक्षा मन्त्रालयसहितबाट आवश्यक जानकारी नपाउँदै आफ्नो अन्तरिम टिमलाई काम गर्न कठिन भएको बाइडेनले बताएका हुन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई पराजित गरेर राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले आउँदो जनवरी २० मा शपथ ग्रहण गर्नेछन् ।

राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीतिका सल्लाहकारहरुको ब्रिफिङ्गपछि बाइडेन ट्रम्पमाथि आक्रामक रुपमा खनिएका हुन् ।

बाइडेनको सोमबारको टिप्पणीपछि कार्यबाहक रक्षा मन्त्री क्रिष्टोफर मिलरले बाइडेनको अन्तरिम टिमलाई सहयोग गर्नका लागि सक्दो व्यवसायिक रुपमा काम गरिरहेको बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ताले पेन्टागन बाइडेन टिमसँग ‘पूर्णरुपमा पारदर्शी’ रहेको बताए ।

सल्लाहकारसँगको भर्च्युअल सम्मेलनमा बाइडेनले आफ्नो टिमले रक्षा मन्त्रालय तथा अफिल अफ म्यानेजमेन्ट एण्ड बजेटबाट अवरोधको सामना गरिरहेको बताएका छन् ।

उनले भनेक छन्, ‘तत्काल हामीले जाँदै गरेको प्रशासनबाट दिइनु पर्ने जति सूचना हामीले पाएका छैनौँ । विशेष गरि राष्ट्रिय सुरक्षाका महत्वपूर्ण विषयमा । मेरो विचारमा यो गैरजिम्मेवारीपन हो ।’

उनले थपे, ‘हाम्रो सुरक्षाका लागि महत्वपूर्ण रहेका धेरै एजेन्सीहरुमा गम्भीर नोक्सानी वा धक्का पुगेको छ ।’

ट्रम्पले चुनावको केही समयपछि रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गरेका थिए । रंगभेद विरोधी आन्दोलनलाई दबाउन सैनिक परिचालन गर्न अस्वीकार गरेका कारण ट्रम्पले एस्परलाई बर्खास्त गरेको खुलेको छ ।


कस्तो लाग्यो ?

यो पनि