जेठ ०१, २०८१, मंगलबार
               

चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध छ: प्रवक्ता झाओ (चिनियाँ विदेश मन्त्रालय)

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकारको क्रममा प्रवक्ता झाओले यस्तो बताएका हुन् । 

चिनियाँ पत्रकारले नेपालप्रति चासो राखेपछि झाओले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको । चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको र मित्रवत सम्बन्ध बनाएको छ ।’

चिनियाँ कम्युनिष्ट पार्टीले पारस्परिक राजनीतिक विश्वास, व्यावहारिक सहकार्यको प्रवर्द्धन र दुई देशको बीचमा रहेको परम्परागत सम्बन्धलाई अगाडि बढाउन सकारात्मक भूमिका खेलेको उनले बताए । चीन दुई देशको सम्बन्धलाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दलसँग काम गर्न तयार झाओको भनाइ छ । 

आइतबारदेखि चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल भ्रमणमा छ । सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टीका नेतासँग भेटघट गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि