जेठ ०१, २०८१, मंगलबार
               

चीनको पूर्वी शहरमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

बेइजिङ । चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ ।

अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो ।

घटनाको कारण खुलेको छैन । प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।


कस्तो लाग्यो ?

यो पनि