जेठ ०१, २०८१, मंगलबार
               

नयाँ कोरोना भाइरस विभिन्न देशमा देखिन थाल्यो

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ ।

युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बेलायतमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमा देखिएको छ । ती देशहरुमा संक्रमण पुष्टि भएकाहरु हालै बेलायतबाट फर्किएका थिए ।

यस्तै क्यानडाको अनतारिओका दम्पतीमा पनि नयाँ स्वरुपको भाइरसको संक्रमण देखिएको हो । तर उनीहरुको ट्राभल हिस्ट्री भने नरहेको स्थानीय अधिकारीले बताएका छन् ।

जापानमा पनि सो भाइरसको संक्रमण देखिएपछि सोमबारदेखि गैरआवासीय विदेशीहरुलाई एक महिनाका लागि देश प्रवेशमा रोक लगाउने भएको छ । बेलायतबाट आएका पाँच यात्रुमा सो भाइरसको संक्रमण देखिएको थियो ।

त्यसपछि अहिले जापानमा थप दुईजनामा आन्तरिक रुपमै संक्रमण फैलिएको छ । युरोपका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान एकीकृत रुपमा गर्ने अभियान पनि सुरु भएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण जर्मनी, इटाली, नेदरल्याण्डस र अस्ट्रेलियामा पनि देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि