जेठ ०१, २०८१, मंगलबार
               

विश्वभर १७ लाख ६४ हजारको मृत्यु, १ लाखभन्दा बढी  सिकिस्त

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । 

संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७ लाख ६४ हजार ३२९ पुगेको छ ।

 विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजार २८८ पुगेको हो ।

विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । यसमध्ये १ लाख ५ हजार ६१७ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख ५ हजार नाघेको छ ।

यस्तै, संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २१ हजार ६३७ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाख ९४ हजार १२५ पुगेको हो ।

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा फैलिरहँदा खोप निर्माणले प्रयोगले पनि तीव्रता पाएका छन् । तर, कोरोना भाइरसको नयाँ प्रजातिसमेत फेला परेपछि विश्वभर चिन्ता सुरू भएका छन् ।

बीबीसीका अनुसार बेलायत र फ्रान्समा देखिएको कोरोना भाइरसको नयाँ प्रजाती हाल युरोपका स्पेन, स्वीडेन र स्विजरल्याण्डमा देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि