जेठ ०६, २०८१, आइतबार
               

फ्रान्समा पनि देखा पर्‍यो नयाँ प्रकारको कोरोनाभाइरस

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

हालै यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ भेरीअन्ट फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ ।

उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ । उनमा लक्षण देखिएको थिएन । फ्रान्सले बुधवार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो।

तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको बिबिसीले उल्लेख गरेकाे छ । 

नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्ने विवरणका माझ थुप्रै देशले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको सङ्क्रमण रोक्न यूकेमा अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन् । अहिले यूकेमा कोभिड-१९ का कारण ७० हजार मानिसको ज्यान गइसकेको छ।


कस्तो लाग्यो ?

यो पनि