बैशाख २६, २०८१, बुधबार
               

अमेरिकाको टेनिसीमा ‘क्रिसमस डे’को बिहानै भ्यान बिस्फोट

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

अमेरिकाको टेनिसी राज्यको नाशभिल शहरमा पार्क गरि राखिएको भ्यान बिस्फोट भएको छ । शुक्रबार (क्रिसमस डे) बिहानै बिस्फोट हुँदा तीनजना घाइते भएका छन् ।

बिस्फोटका कारण राज्यभरको सञ्चार सम्बन्धमा समस्या उत्पन्न भएको जनाइएको छ । बिस्फोट भएको क्षेत्र नजिकबाट मानव शरीरको सम्भावित अवशेषहरु फेला परेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । तर त्यो अवशेष मानवको हो–होइन भन्ने यकिन भएको छैन ।

सुरक्षाकर्मीले गोली प्रहारको घटना नियन्त्रणका लागि प्रयास गरिरहेका थिए । उनीहरुले सोही क्रममा चेतावनी युक्त सन्देश प्रशारण गरिरहेको क्याम्पर भ्यान फेला पारेका हुन् ।

त्यसको केही मिनेटपछि नै भ्यान बिस्फोट भएको हो । सो भ्यान शुक्रबार नै सो क्षेत्रमा आइपुगेको स्थानीय प्रहरीले जनाएको छ । टेलिकम जाइन्ट एटी एण्ड टी को भवन बाहिर बिस्फोट भएको हो ।

बिस्फोटका बेला भ्यान भित्र कोही थिए या थिएनन् भन्ने पनि खुलेको छैन ।


कस्तो लाग्यो ?

यो पनि