जेठ ०६, २०८१, आइतबार
               

विश्वभर ८ करोडभन्दा बढी संक्रमित, १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ ।


चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २ सय १८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो ।

हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ७९९ जना गम्भीर बिरामी छन् ।


कस्तो लाग्यो ?

यो पनि