बैशाख १५, २०८१, शनिबार
               

जापानका प्रधानमन्त्री भन्छन्- 'संकटकाल आवश्यक छैन'

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन् । 

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उनले यस्तो बताउनुलाई महत्वका साथ लिइएको छ । 

सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उनले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफूलाई अब संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिएका छन् ।

उनले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा जापानमा रहेकाहरूले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गरेका छन् । 

प्रतिबन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरू खोल्न अनुमति दिइएको छ ।  

टोकियोमा मात्रै दैनिक ९०० को हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन् । 

जापानका कोरोनाभाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन्। तीमध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि