जेठ ०६, २०८१, आइतबार
               

कोरियामा कोरोनाको कहर भयानक ढंगले बढ्दै

एजेन्सी
पुस १०, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा कोरोनाको कहर भयानक ढंगले बढ्दै गइरहेको छ । कोरोनभाइरसका विरुद्ध कोरियाले कडा प्रतिबन्धहरु लगाएको छ । तर पनि संक्रमण बढ्दै गएको छ ।

आज शुक्रबार मात्रै पनि कोरियामा १२१४ जनामा कोरोना संक्रमण फेला परेको जानकारी कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी (केडीसीए)ले दिएको छ ।

यसअघि कोरोनाविरुद्ध युद्धस्तरमा अभियान चालेर दक्षिण कोरियाले कोरानासंक्रमणको रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरेको थियो ।

पछिल्ला दिनहरुमा पनि क्रिसमस पर्व र नयाँ वर्षको मौकामा संक्रमण व्यापक फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै कोरियाले कडा प्रतिबन्धहरु लगाउको छ ।

भौतिक दूरीको सवालमा अत्यन्तै कडाइ गरिएको छ भने एक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरुलाई भेला हुन निषेध गरिएको छ । त्यसै गरी, स्की रिसोर्ट र पर्यटकीय स्थलहरुलाई अस्थायी रुपमा बन्द गरिएको छ ।

यतिखेर दक्षिण कोरियाको राजधानी सियोलमा २.५ तहको कडाइ लागू गरिएको छ । यसअनुसार, त्यहाँ रात्रिकालीन क्लबहरु बन्द गरिएका छन् ।

रेष्टुराहरुमा बसेर खान निषेध गरिएको छ । रेष्टुराहरुमा राति ९ बजेसम्म मात्रै सामान अडर गरेर लिन वा पुर्याउन मात्रै अनुमति प्रदान गरिएको छ ।

कोरानाको कहर बढ्दै गइएपछि अहिले भौतिक दूरीको पालनामा कडाइ गर्ने र तिनको उल्लंघन गर्नेका विरुद्ध कडा कारवाही गर्ने कुरा पनि उठेका छन् ।

विशेषतः अहिले कतिपय रेष्टुराँहरुले राति ९ बजे पनि कारोबार जारी राखेको र आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरेको कुरा आएपछि यस्तो कदम चालिन आँटेको हो ।

केडीसीएका अनुसार अहिलेसम्म कोरियामा संक्रमित हुनेहरुको संख्या ५४,७७० पुगेको छ भने मृत्यु हुनेहरुको संख्या पनि ७७३ पुगिसकेको छ ।

कोरानाभाइरस संक्रमणलाई रोकथाम र नियनत्रण गर्न कोरियाले अब लक्षण नै नदेखिएका तर संक्रमणको सम्भावना रहेकाहरुको पनि परीक्षण गर्ने भएको छ ।

त्यसअनुसार अहिले व्यापक परीक्षण थालिएको र अहिलेसम्म १ लाख १० हजारको परीक्षण गरिसकिएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि