बैशाख २२, २०८१, शनिबार
               

बेलायत र इयूबिच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौता

एजेन्सी
पुस १०, २०७७

ADVERTISEMENT

बेलायत र युरोपियन युनियनबीच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौताको सहमति भएकाे छ ।

लामो समयको असहमतिपछि बिहीबार इयू र युकेबिच पोस्ट–ब्रेक्जिट ट्रेड डिलमा सहमति भएको हो ।

बेलायत र इयूबिच नदीमा माफ मार्ने अधिकार (फिसिङ्ग राइट) र भविष्यको व्यापार नियमलाई लिएर लामो समय सहमति जुट्न सकेको थिएन ।

डाउनिङ्ग स्ट्रीटमा भएको पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन्, ‘हामीले हाम्रो कानुन र हाम्रो भाग्य आफ्नो पक्षमा ल्याएका छौँ ।’

सम्झौताको विस्तृत विवरण सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री जोन्सनले पूरै युरोपका लागि राम्रो हुने गरि सम्झौता भएको बताएका छन् । बिहीबारदेखि बेलायत इयूको व्यापार सम्बन्धी नियमबाट बाहिरिँदै छ । एक वर्षपहिले युके औपचारिक रुपमा इयूबाट बाहिरिएको थियो ।

योसँगै बेलायत र इयूबिच दुई भिन्न व्यापार नियम र बजार हुनेछन् भने मानिसहरुको स्वतन्त्र आवत–जावत पनि रोकिने छ । इयू कमिसिनकी अध्यक्ष उर्सुला भोन डेर लियनले राम्रो सम्झौतामा सहमति भएको बताएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि