जेठ ०६, २०८१, आइतबार
               

कुवेतमा पनि कोरोनाविरुद्ध खोप दिइने

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । कुवेतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । आजदेखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिए ।

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । उनले एक वर्षभरी एक–एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए ।

खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उनले बताए । पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उनले सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् । 

‘उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,’ मन्त्री सबाहले भने । खोप लगाएसँगै मानवीय क्षति कम हुने र संक्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् ।

कुवेतले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि