जेठ ०६, २०८१, आइतबार
               

फाइजर र बायोएनटेकको खोप प्रयोग गर्न इयूको सिफारिस

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं । युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।

धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको ईएमएकी कार्यकारी निर्देशक इमा कुकले बताएका छन् ।

खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य देशहअरुमा अर्को आइतबारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने तयारी भइरहेको छ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म तीन लाख ११ हजार कोरोना संक्रमितको ज्यान गइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि