जेठ ०६, २०८१, आइतबार
               

कोरोनाका कारण विश्वभर १७ लाखभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।

बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३४ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख नाघेको छ ।

हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी छन् ।


कस्तो लाग्यो ?

यो पनि