जेठ ०६, २०८१, आइतबार
               

भारतमा संक्रमित १ करोड नाघ्दा मृत्यु १ लाख ४५ हजार बढी

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौ‌ं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१३  पुगेको हो ।


कस्तो लाग्यो ?

यो पनि