बैशाख २४, २०८१, सोमबार
               

कोरोना खोपको विषयलाई लिएर ब्राजिलका राष्ट्रपति विवादमा

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । यसअघि कोरोना भाइरसलाई सामान्य रोग मात्र भएको बताउने ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो पुन: विवादमा तानिएका तानिएका छन् । 

बोल्सोनारोले कोरोनाविरुद्ध बनेको खोपको विषयलाई लिएर विवादस्पद बयान दिएपछि उनी विवादमा परेका  हुन् । उनले फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्रयोग गरे मानिस गोहीमा परिणत हुने बताउँदै महिलाको दाह्री पालाउने बताएका छन् । 

बोल्सोनारोले फाइजरको खोपको बारेमा भनेका छन्,‘फाइजरको खोपको गम्भीर असरको हामी जिम्मा लिनेछैनौं। यदी तपाइँ गोहीमा परिणत हुनु भयो भने त्यो तपाइँको समस्या हो।’ 

बोल्सोनारोले खोपले महिलाको दाह्री पलाउने र पुरुषको स्वर महिलाको जस्तो हुने पनि उल्लेख गरेका छन् । यसअघि कोरोना भाइरसलाई सामान्य रोगमात्र भएको बताउने बोल्सोनारोले मास्क लगाउन अस्वीकार गरेका थिए।

यद्यपि पछि उनी कोरोनाबाट संक्रमित भएका थिए। अहिले पनि बोल्सोनारोको यस अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण र गलत भनिएको छ।


कस्तो लाग्यो ?

यो पनि