बैशाख २४, २०८१, सोमबार
               

स्लोभाकियाका प्रधानमन्त्री र मन्त्रीहरूलाई संक्रमण

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी सङ्क्रमित भएका पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका छन् । 

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरू पनि सेल्फ आइसोलेसनमा बसेका थिए । 

कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , “आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छ ।” उनले थपे “म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ,” ४७ वर्षिय प्रधानमन्त्री माटोभिकले लेखेका छन् । 

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन् । स्थानीय सञ्चार माध्यमहरूले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।

यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफूहरु समेत सङ्क्रमित भएको जानकारी दिएका छन् । कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन । 


कस्तो लाग्यो ?

यो पनि