बैशाख २४, २०८१, सोमबार
               

अमेरिकी उपराष्ट्रपतिले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी
पुस ०४, २०७७

ADVERTISEMENT

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभ गरेर खोप लगाएका हुन् ।

उनले दर्शक तथा डाक्टरलाई खोप लगाउँदा आफूलाई कुनै पनि किसिमको नकारात्मक असर नपरेको बताए ।

नागरिकहरुमा खोपको सुरक्षा र प्रभावकारितालाई लिएर विश्वास बढाउनका लागि त्यस्तो गरिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसमा भएको कार्यक्रममा पेन्सीकी श्रीमती तथा सर्जन जनरल जेरोमी एडम्सले पनि खोप लगाए ।

गएको सोमबारदेखि अमेरिकामा फाइजर–बायोएनटेकको खोप लगाउन सुरु गरिएको हो । अमेरिकामा स्वीकृति पाएको पहिलो सो खोपको प्रभावकारिता ९५ प्रतिशत छ । सबै ५० राज्यहरुमा पहिलो चरणमा ३० लाख खोपहरु वितरण गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र उनकी श्रीमती डा. जिल बाइडेनले आउँदो सोमबार खोप लिने उनका प्रवक्ताले बताएका छन् ।

यसैबिच मोर्देनाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गर्ने तयारीको अन्तिम चरणमा अमेरिकी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन पुगेको छ ।

विज्ञहरुको बोर्डले सो खोप सुरक्षित तथा प्रभावकरी रहेको भन्दै स्वीकृति प्रदान गर्न भनेका थिए । फाइनान्सियल टाइम्सले एफडिए स्वीकृति प्रदान गर्ने निर्णयमा पुगिसकेको जनाएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण तीन लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि