बैशाख २४, २०८१, सोमबार
               

बेलायतमा एकैदिन थपिए ३५ हजारभन्दा बढी संक्रमित

एजेन्सी
पुस ०३, २०७७

ADVERTISEMENT

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । 

कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढी  संक्रमित भएका छन् । 

बिहीबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ । 

यो संख्या दोस्रो लहर शुरु भए यताकै उच्च हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६० पुगेको छ । 

यसैगरी, बेलायतमा  कोरोना मृतक संख्या पनि ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।

योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजार ५२ पुगेको छ । युरोपमा मृतक संख्याको आधारमा इटालीपछी बेलायत दोस्रो स्थानमा रहेको छ । इटालीमा कोरोना संक्रमणका कारण ६७ हजार २२० जनाको मृत्य्यु भैसकेको छ ।

कोरोना संक्रमणका कारण  विश्वभर १६ लाख ६१ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने ७ करोड ४८ लाख ७२ हजार भन्दा  बढी संक्रमित भएका छन् ।

यसैगरी ५ करोड २६ लाख  २९ हजार भन्दा बढी मानिसहरु संक्रमणमुक्त भएका छन् । जसमध्ये दुई करोड ५८ लाख एक हजार ३३५ जना सक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि