बैशाख २४, २०८१, सोमबार
               

एसियामा कोरोनाविरुद्धको खोप आउन एक वर्ष लाग्नसक्छ : विश्व स्वास्थ्य संगठन

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौ‌ं । नेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निराश पार्ने गरी खबर दिएको छ ।

संगठनले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म कुर्नुपर्ने जनाएको हो ।

खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको बताएको हो ।

डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेसी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँग कुराकानी गर्दै यस क्षेत्रमा खोप आउन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि