बैशाख २४, २०८१, सोमबार
               

भारत र म्यानमारमा चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदा खतरा बढ्यो

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरूको सहज प्रवाहले क्षेत्रीय सुरक्षामा खतरा बढेको गुप्तचर एजेन्सीहरुले जनाएका छन् । उनीहरुका अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ ।

यसबारे गुप्तचर एजेन्सीहरुले भारत सरकारलाई समेत सचेत गराएको जनाइएको छ ।

उनीहरुले भनेका छन्, ‘प्रमुख विद्रोही समूहहरू आसाम, मणिपुर, नागाल्याण्ड र मिजोरमका चिनियाँ गुप्तचर एजेन्सीहरूसँग नियमित सम्पर्क राख्छन् र चिनियाँ हतियारबाट फाइदा उठाउँछन् ।’

पूर्वोत्तर विद्रोही समूहलाई तालिम दिने, हतियार र गोलीको व्यवस्था गर्ने र निर्वासित आतंककारी र नेताहरुलाई सहयोग पुर्‍याउने काम भारतविरूद्ध चीनले लिएको कूटनीति-आतंकवादको पक्ष भएको उनीहरुको दाबी छ ।

भारतको उत्तरपूर्वी राज्यहरुबाट यस वर्ष मात्रै ४२३ अवैध हतियारहरु बरामद गरिएको सरकारी तथ्यांकले देखाएको छ । जसमा एके ४७, एम-१६ र चिनियाँ पेस्तोहरुसमेत रहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि